शाह अष्ट्रेलियाका लागि पर्यटनदूतमा नियुक्त

शाह अष्ट्रेलियाका लागि पर्यटनदूतमा नियुक्त


  • राजन घिमिरे

युवा उद्यमी स्वतन्त्रप्रताप शाह अस्ट्रेलियाका लागि पर्यटनदूतमा नियुक्त भएका छन् । नेपाल सरकारको मन्त्रीस्तरीय बैठकले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार उनलाई पर्यटन दूतमा नियुक्त भएको नियुक्तिपत्र प्रदान गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले उनलाई नियुक्तपत्र हस्तान्तरण गरे ।

शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटन प्रवर्द्धनका लागि काम गर्नुपर्नेछ ।

शिक्षण र होटल व्यवसायमा आवद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघका अध्यक्ष हुन् । यसैगरी, उनले गैरआवासीय नेपाली संघ अष्ट्रे«लियाका लागि उपाध्यक्ष भएर काम गरिसकेका छन् । कला क्षेत्रमा समेत आवद्ध शाहले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।