लकरभित्र बच्चाको शव

लकरभित्र बच्चाको शव


  • टोकियो प्रतिनिधि

सोमबार बिहान जापानको होक्काइदोस्थित जेआर चितोसे स्टेशनको क्वाइन लकरभित्र बच्चाको शव फेला परेको छ ।

आज बिहान करिब ८ः३० बजे, चितोसे सहरको जेआर चितोसे ट्रेम स्टेशनमा कुहेको गन्ध आएपछि सरसफाई कम्पनीले नजिकैको प्रहरीलाई खबर गरेका थिए । जब प्रहरी अधिकारीहरू अनुसन्धान गर्न पुगे, बच्चाको शव स्टेशनको अगाडिको प्रवेशद्वारमा राखिएको क्वाइन लकरमा फेला परेको थियो ।

प्रहरीका अनुसार शवलाई क्वाइन लकरमा प्लास्टिकको बक्सभित्र हालेर छाडिएको थियो ।

प्रहरीले यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको एनएचकेले जनाएको छ ।