जापानमा नेपाली छात्रद्वारा आत्महत्या !

जापानमा नेपाली छात्रद्वारा आत्महत्या !


  • जापान प्रतिनिधि

जापानको नागोयामा फेरि एक दुःखद घटना घटेको खबर प्राप्त भएको छ । जानकारीअनुसार १० दिनअघि मात्रै जापान आइपुगेका एक नेपाली विद्यार्थीको निधन भएको छ ।

प्रारम्भिक जानकारी अनुसार १० दिनअघि नेपालबाट जापान आएका नेपालको सुदूरपश्चिम घर भएका एक जना बिक थरका युवाले आफैँले मृत्युको बाटो रोजेका हुन् । जापान आइपुगेको दुई साता पनि नबित्दै किन यस्तो बाटो रोजे भन्नेबारे भने अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।

हाल उनको शव अनुसन्धानको लागि प्रहरीकोमा रहेको बताइएको छ । अघिल्लो महिना पनि जापानमा नेपालीहरुको मृत्यु तथा आत्महत्याका घटनाहरु साविकको तुलनामा अधिक रहेकोमा यस महिनाको सुरुवातमै फेरि दुःखद घटना घटेको हो ।

घटनाबारे विस्तृत जानकारी प्राप्त भइसकेको छैन ।