दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदै, जेठ २६ बाट परीक्षा सुरु हुने

दुई वर्षपछि ९ हजार नेपाली कोरिया जाँदै, जेठ २६ बाट परीक्षा सुरु हुने


दुई वर्षदेखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठदेखि ३ असारमासम्म सञ्चालन हुने भएको छ ।

स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट शुरु गर्न लागिएको हो । परीक्षा तीन सिफ्टमा सञ्चालन हुनेछन् । यसअघि बैशाख २६ गते सञ्चालन हुने गरी मिति तोकिएको भएपनि स्थानीय तह निर्वाचनको कारण स्थगित भएको थियो ।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगारी अनुमति प्रणाली शाखाका अनुसार दैनिक ६ सय परिक्षार्थीलाई परीक्षा दिन मिल्ने गरी विभागले तयारी गरिरहेको छ ।

कोरियन भाषा परीक्षामा उत्तिर्णहरु मध्ये ६ हजार ९ सय ९३ उत्पादनमुलक क्षेत्रमा र २ हजार ७ सय ४१ गरी ९ हजार ५ सय १३ नेपालीहरुलाई यसै वर्ष दक्षिण कोरिया पठाउने गरी परिक्षा लिन लागिएको हो । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण कोरिया जानका लागि ४३ हजार भन्दा बढीले आवेदन दिएको विभागले जनाएको छ ।

हालसम्म ७७ हजार नेपालीले कोरियामा रोजगार प्राप्त गरिसकेका छन् भने पछिल्ला दुई वर्षमा विश्वब्यापी महामारी कोरोना संक्रमणका कारण परीक्षा हुन नसके पनि सन् २०२२ मा भने नेपालीलाई लैजान कोरिया मञ्जुर देखिएपछि परीक्षा सुरु गर्न लागिएको हो ।