आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०७९ शुक्रबार, २० मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ जेठ २०७९ शुक्रबार, २० मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४२ नलनामक संवत्सर ग्रीष्म ऋतु वि.सं. २०७९ ज्येष्ठ ६ गते तद्अनुसार सन् २०२२ मे २० तारिख शुक्रबार ज्येष्ठ कृष्णपक्षको पञ्चमी तिथि पूर्वाषाढ़ा नक्षत्र ७ः५७पर उत्तराषाढ़ा नक्षत्र शुभ योग कौलव करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा १३ः३३ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४७ बजे हुनेछ ।

आजको राशिफल

मेष – समय शुभ फलदायक छ । आजको दिन बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ, ध्यान राख्नुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । आफन्तको साथ प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

वृष – आज शुभता बढ्नेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । व्यस्तता बढ्नेछ । परिवारिक सुख र उत्साह वृद्धि होला ।

मिथुन – आज आइपरेका समस्याको समाधान प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। अनावश्यक भ्रमण हुन सक्छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । समयबाट बढी भन्दा बढी फाइदा लिनु बेस हुनेछ ।

कर्कट – आज ठूलो प्रयत्न गर्दा पनि उपलब्धि भने न्युन प्राप्त होला । आफ्नै कमजोरीले विवादमा पर्ने योग रहेकोले विचारका साथ व्यवहार गर्नुहोला । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ । तथापि, प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त होला ।

सिंह – आजको दिन सानातिना काम र घरेलु समस्या देखापर्ला । तर पहिलेदेखि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।

कन्या – आँट उत्साह बढ्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – शुभ र धनबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

वृश्चिक – आरोग्यता बढ्नेछ । साहसिक काम पनि बन्नेछ । आयआर्जनका स्रोत प्राप्त हने योग छ । तर अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । सुख सुविधाको वस्तु किन्नुहुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । धन आर्जन हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ । सन्तानको सुख मिल्नेछ ।

मीन – आफन्तको साथ मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । तर अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । जोखिममा नपर्नु नै बेस होला ।