आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेठ २०७९ आइतबार, १५ मे २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेठ २०७९ आइतबार, १५ मे २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ १ गते आइतबार तद्अनुसार सन् २०२२ मे १५ तारिख वैशाख शुक्लपक्षको चतुर्दशी तिथि स्वाती नक्षत्र व्यतिपात योग भद्रा करण आनन्दादिमा लुम्व योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहला । काठमाडौमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४५ मा हुनेछ । ज्येष्ठसंक्रान्ति, पूर्णिमा व्रत, कूर्म जयन्ती, ।

आजको राशिफल

मेष – साझेदारीको काममा सफलता प्राप्त हुनेछ । दाम्पत्यसुख वृद्धि हुनेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । सफलता प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । नयाँ सम्भावना देखापर्ने छ । यश वर्चश्व वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

वृष – इष्टमित्र र सन्तानबाट सुख मिल्नेछ । आयस्रोत बढ्ला । निर्णय गलत ठाउँमा पर् पनि सक्छ, ध्यान राख्नुहोला । कामको बोझले थाकेको महसुस होला तथापि आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान प्राप्ति हुनेछ ।

मिथुन – समय शुभ फलदायक रहनेछ । आरोग्यता वृद्धि हुनेछ । ब्यापारबाट सोचे झैं लाभ हुनेछ । नया कामको सुरुवातचाहिा खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुबिधा रहन सक्ने दिन छ । कार्यगति वृद्धि हुनेछ ।

कर्कट – व्यस्तता वृद्धि हुनेछ । ऋण, रोग र शत्रुमाथि ध्यान दिनुपर्ने छ । खर्च बढ्ला । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – धन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आय वृद्धि हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा सफलता मिल्नेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ । परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जानेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । उन्नति पदोन्नति हुनेछ । महत्व वृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ ।

कन्या – भागदौड व्यस्तता बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनुहोला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । कठोर परिश्रमले काम बन्नेछ । अरुको भर नपर्नु हितकर हुनेछ ।

तुला – प्रेमबल बढ्नेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिबिबेकले राम्रो काम गर्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – समय मिश्रित फलदायक रहला । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । विवादमा पर्नुबाट बच्नुहोला । ऋण रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । भोग विलासमा आकर्षण बढ्नेछ ।

धनु – धनको आगमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । घरायसी समस्याले सताए पनि गरेका कार्य सफल हुनाले मन हर्षित रहला । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । विवादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि बृद्धि होला ।

मकर – नयाँ काम सुरु गर्ने समय भए पनि अरूको भर पर्दा काममा धोका हुन सक्छ । खर्चको मात्रा पनि बढ्न सक्छ । काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य बिग्रन सक्छ । रसराग प्रेममा भने सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नुहोला ।

कुम्भ – प्रयासरत काम बन्न कठिनाइ पर्ला । बन्न लागेको काम बिग्रन सक्छ । आर्थिक रूपले सन्तुष्टि मिले पनि मन अशान्त रहला । तथापि, समस्याको समाधान भने मिल्नेछ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । व्यस्त रहनुहुनेछ ।

मीन – आरोग्यता र सुख-शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न होला । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । आर्थिक पक्ष आज सन्तोषजनक रहन्छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । शुभ काममा भाग लिनुहुनेछ । रसरागमा रुचि बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ ।