मेयर उम्मेदवारले लाञ्छना लगाएपछि निर्वाचनअधिकृत बैठकमै बेहोस !

मेयर उम्मेदवारले लाञ्छना लगाएपछि निर्वाचनअधिकृत बैठकमै बेहोस !


सिराहाको लहान नगरपालिकामा मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले निर्वाचन अधिकृतमाथि व्यक्तिगत ढंगले लाञ्छना लगाएपछि उनी बेहोस भएका छन् ।

स्थानीय तहको निर्वाचनअन्तर्गत लहान नगरपालिकाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेललाई बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा (एकीकृत समाजवादी)का मेयर पदका उम्मेदवार वसन्त साहले व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका हुन् ।

लाहान ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बैठक बस्ने क्रममा मेयर पदका उम्मेदवार साहले व्यक्तिगत रुपमा लाञ्छना लगाएपछि बेहोस भएको सहायक निर्वाचन अधिकृत अनिल साहले जनाए ।

उनी बेहोस भएपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल लगी सामान्य उपचारपछि क्वार्टर फिर्ता ल्याइएको थियो । उनको स्वाथ्यावस्था अहिले सामान्य रहेको बताइएको छ ।

भूगोल र मतदाताको हिसाबले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको छ ।