मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिबार दिउँसो भएको दुर्घटनामा युवकको घटनास्थलमै मृत्यु भएको हो ।

डोटीको आदर्श गाउँपालिका घर भइ तराईतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको स्थानीयले जानकारी दिए पनि मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पुर्याइएको स्थानीय सुरत तमोलीले जानकारी दिए ।