९ जेष्ठ २०७९, सोमबार

आइतबार विद्यालयमा बिदा नदिन एनप्याब्सनको आग्रह

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०८:१४



राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले विद्यालयमा हप्तामा दुई दिन (आइतबारसमेत) बिदा दिने निर्णय फिर्ता गर्न नेपाल सरकारसँग माग गरेको छ ।

नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल ठकुरीले आज विज्ञप्ति जारी विभिन्न बन्द हडताल र कोभिड-१९ का कारण विगत दुई वर्षयता नियमित पठनपाठन नभई विद्यार्थीको सिकाइमा असर परेका कारण दूरगामी असर पर्ने गरी कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा आफूहरुसँग परामर्श नगरी एकपक्षीयरुपमा आइतबार विद्यालयमा बिदा दिने निर्णय गरिएको गुनासो गर्दै शिक्षा ऐनमा व्यवस्था भएको वार्षिक कार्यदिन र कार्यघण्टामा नकारात्मक असर पर्ने भएकाले अभिभावक, शिक्षक र विद्यार्थीमा अनावश्यक दबाब पर्ने गरी आइतबार विद्यालयमा बिदा दिने निर्णय फिर्ता गर्न माग गरिएको छ ।

सरकारले आउँदो जेठ १ गतेदेखि सातामा शनिबार र आइतबार साप्ताहिक बिदा दिने निर्णय गरेपछि विद्यालय सञ्चालनमा नयाँ बहस उत्पन्न भएको छ ।


81
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय

मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित