काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको प्रारम्भिक अग्रता

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको प्रारम्भिक अग्रता


काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १ बजेसम्मको मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मतगणनाको प्रारम्भिक परिणामअनुसार साहले ७२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सिर्जना सिंहले ७० र नेकपा एमालेका केशव स्थापितले ५९ मत प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।