गोरखा नगरपालिका-१ मा कांग्रेसका कुँवर, दाङको राप्ती-९ मा माओवादीका मगर विजयी

गोरखा नगरपालिका-१ मा कांग्रेसका कुँवर, दाङको राप्ती-९ मा माओवादीका मगर विजयी


गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन् । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०, पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो ।

दाङको राप्ती-९ मा माओवादीका मगर विजयी

दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।