९ जेष्ठ २०७९, सोमबार

मुस्ताङका दुई पालिकाको नतिजा : एउटामा कांग्रेस, अर्कोमा एमाले

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०५:०५


मुस्ताङको घरपझोङ र लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको नतिजा आएको छ । घरपझोङमा एमालेको किल्ला तोड्दै कांग्रेस उम्मेद्वार विजयी भएका छन् । २०७४ मा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको यहाँ अहिले दुई वटै पदमा कांग्रेसले जितेको छ ।

कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी भएका हुन् । उनले ७६० मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका सन्जयकुमार थकालीले ७५८ मत पाए । उपाध्यक्षमा पनि कांग्रेसकै जमुना थकालीले एमालेकी भीमकुमारी शेरचनलाई ७५ मतान्तरले हराएकी छिन् । थकालीले ६९३ मत पाउँदा शेरचनले ६१८ मत पाएकी छिन् ।

लो-घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट दोस्रो पटक विजयी भए । उनले भारी मतान्तर सहित गठबन्धनबाट एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन् । विष्टले ६८९ मत पाउँदा गुरुङले १८५ मत मात्रै ल्याए । उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हामो गुरुङले जितेकी छन् ।


72
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय

मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित