२६ जेष्ठ २०८०, शुक्रबार

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमालेको अग्रता

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०४:३४


मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको जारी मतगणनामा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार कान्छा घलेले ६६८ मत ल्याउँदै अग्रता कायम गरेका छन् । जिल्लामा सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङ गाउँपालिकामा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलब ८७ प्रतिशत मात्रै मत खसेको छ ।

कांग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार छिरिङ ओङमा गुरुङ घलेले ५२६ मत ल्याएकी छन् । यस्तै, स्वतन्त्रबाट उपाध्यक्षका उम्मेदवार छिरिङ गुरुङले ५९९ मत ल्याएका छन् । रिन्जेन धोर्जे गुरुङले ५०७ मत ल्याएका छन् ।

यसैबीच वडा नम्बर १ को अध्यक्षमा एमालेका मिङमर गुरुङ १६२ मतसहित विजयी भएका छन् । वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका खम्बा गुरुङ ६४ मतसहित विजयी भए । वडा नम्बर ३ मा स्वतन्त्रका कृष्ण लामा यसअघि नै निर्विरोध भएका थिए ।

यस्तै, वडा नम्बर ४ मा एमालेका कमल गुरुङ ८७ मतसहित विजयी भए । वडा नम्बर ५ मा कांग्रेसका कर्म सेरप वाङगेल लामा १११ मतसहित विजयी भए । वडा नम्बर ६ मा एमालेका सोनाम गुरुङ १३५ मतसहित विजयी भएका छन् । वडा नम्बर ७ मा कांग्रेसका गुरक्याप गुरुङ ८७ मतसहित विजयी भएका छन् ।


117
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

साहित्य सन्ध्याले राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाउन नहुने भन्दै पूर्ववत् अवस्थामै राख्न माग गरेको छ । संस्थाले एक विज्ञप्ति जारी

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका-५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ । स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्री ट्र्याक्टरमा

गायक प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउने स्रष्टाहरू सम्मानित तथा पुरस्कृत हुने भएका छन्