९ जेष्ठ २०७९, सोमबार

काठमाडौं महानगरको मतगणना सुरू, वडा नम्बर १ र ३२ को मतपेटिका खोलियो

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०४:२१


काठमाडौं महानगरपालिको मतगणना सुरू भएको छ । बिहान ८ बजेदेखि सुरू गर्ने भनिएको मतगणना ढिलागरी सुरू भएको हो । राष्ट्रिय सभागृहमा अहिले वडा नम्बर १ र ३२ का मतपेटिका गन्न थालिएको छ ।

यसअघि नै राजनीतिक दल र उम्मेहरूबीच भएको सहमतिअनुसार नै सबैभन्दा पहिला वडा नम्बर १ र ३२ बाट सुरू गरिएको हो । मतगणना स्थलमा स्वतन्त्र उम्मेदवारहरूको तर्फबाट राख्ने प्रतिनिधिको विषयमा सहमति जुट्न नसक्दा मतगणनामा ढिलाई भएको थियो ।

पाँच जना स्वतन्त्र उम्मेदवारको तर्फबाट एक जना प्रतिनिधि राख्ने कुरा भएपछि स्वतन्त्र उम्मेदवारहरूले विरोध गरेका थिए । अहिले एक जना स्वतन्त्र उम्मेदवारको एक जना प्रतिनिधि राख्ने सहमति जुटेपछि मतगणना सुरु भएको हो ।

काठमाडौं महानगरपालिका नेकपा एमालेबाट केशव स्थापित मेयर र सुनिता डंगोल उमपेयरका उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट सिर्जना सिंह मेयरमा र गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उपमेयरको उम्मेदवार बनेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ५४ जनाले उम्मेदवारी दिएका छन् । उपमेयरका लागि भने ३० जनाले उम्मेदवारी दिएका छन् ।

तीन लाख २४२ मतदाता रहेको काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको थियो ।


126
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

झापा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच