९ जेष्ठ २०७९, सोमबार

बैतडीको सुर्नया-१ मा एमाले र शिवनाथ-१ मा कांग्रेस प्यानलसहित विजयी

  प्रकाशित मिति
३१ बैशाख २०७९, शनिबार ०४:०९


बैतडीको सुर्नया गाउँपालिका-१ म नेकपा एमाले विजयी भएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार धनबहादुर चन्दसहित प्यानलै विजयी भएको हो ।

एमालेका उम्मेदवार चन्दले १५५ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसका उम्मेदवारले ११५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा दिलाराम कोली, अर्जुन बहादुर चन्द, सिता ढोली र अनिता चन्द विजयी भएका छन् ।

शिवनाथ गाउँपालिका-१को अध्यक्षमा नेपाली कांग्रेसका बल्देव सिंह चाड प्यानलसहित विजयी भएका छन् ।

चाड ७०० मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवसिंह साउदले ४७० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट पालिका अध्यक्ष, उपाध्यक्षमा सत्ता साझेदार गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेसका कर्णसिंह साउदले ६४१ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हजारीसिंह साउदले ५०६ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादीका उम्मेदवार नरेन्द्र सिंह साउदले ५१४ मत ल्याएर अग्रस्थानमा छन् भने नेकपा एमालेका सकुन्तला साउदले ४७१ मत प्राप्त गरेका छन् । अहिले वडा न. २ को मतगणना जारी छ ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय