नुवाकोटको म्यागङ-१ मा कांग्रेसको प्यानल विजयी

नुवाकोटको म्यागङ-१ मा कांग्रेसको प्यानल विजयी


नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडाको वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिएका छन् ।

बताइएअनुसार नवनिर्वाचित तामाङको निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का अनिलकुमार घलेले ६९ मत प्राप्त गरेका छन् । वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र दुई खुला सदस्य गरेर वडाको पाँच जना पदाधिकारी नै कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

उक्त वडाबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवारलाई ९३, माओवादी उम्मेदवारलाई ६९, एमाले उम्मेदवारलाई ३७ मत प्राप्त भएको थियो ।