मनाङको नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित

मनाङको नार्पाभूमिमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित


हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनी १ सय ५८ मत ल्याएर गाउँपालिकाका अध्यक्ष बनेका हुन् ।

प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत मात्र पाए ।

कोन्जो तेन्जिङ यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश गरेका उनलाई कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको हो ।

उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा यसअघि नै निर्विरोध भएको मुख्य निर्वाचन अधिकृत पुनराम खनालले बताए ।

नार्पाभूमिमा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत खसेको थियो ।