९ जेष्ठ २०७९, सोमबार

व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट

  प्रकाशित मिति
२७ बैशाख २०७९, मंगलबार १७:३२


वैदेशिक रोजगार कार्यालय काठमाडौँले नयाँ व्यक्तिगत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरेको छ ।

कार्यालयका प्रमुख रमेश अर्यालले आँउदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको जानकारी दिएका छन् ।

कार्यालयले गत माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र यही वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने हजारौको भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरणमार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्णरूपमा अनलाइन प्रणालीबाट मात्र सेवाप्रवाह गर्ने भएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटो छरितोरूपमा गुनासोरहित सेवा प्रदान गर्न मन्त्रालयले निर्देशन गरेसँगै सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको कार्यालय प्रमुख अर्यालले बताए ।

नयाँ व्यक्तिगत श्रम स्वीकृतिका लागि भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षण उत्तीर्ण प्रमाणपत्र, अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र, सीपमूलक रोजगारमा जान सीप सिकेको प्रमाणपत्र, स्वघोषणा फाराम, म्यादी जीवन बीमा र कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण अनलाइनबाटै अपलोड गर्नुपर्नेछ ।

श्रम स्वीकृति नलिई घरेलु कामदारको हकमा विदेशमा काम गरी नेपाल आएर फेरि जान चाहेमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को अनुसूची ८ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावासको सिफारिसपत्र पनि अपलोड गर्नुपर्नेछ ।


9
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा