अभिनेता भुवन, श्वेता र रवीन्द्रले रोजे नेपाली कांग्रेस

अभिनेता भुवन, श्वेता र रवीन्द्रले रोजे नेपाली कांग्रेस


  • राजन घिमिरे

पछिल्लो समय नेपाली कला तथा अभिनय क्षेत्रमा कलाकार्मीहरु विभिन्न राजनीतिक पार्टीमा प्रवेश गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा नेपाली कला क्षेत्रका तीन बहुचर्चित कलाकारहरू नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।

अभिनेता भुवन केसी, अभिनेता तथा नेपाली चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच उल्लिखित तीन कलाकारलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीका र माला लगाएर नेपाली कांग्रसमा प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेशपछि अभिनेता केसीले कलाकारिता विधालाई नजिकबाट चिनेको र यसको महत्व बुझेको पार्टी नेपाली कांग्रेस भएको अनुभूति भएर आफू कांग्रेस प्रवेश गरेको बताए । रवीन्द्र र श्वेताको पनि यस्तै प्रतिक्रिया रहेको छ ।