काठमाण्डौमा खुल्यो विजडम कन्सल्टेन्सी

काठमाण्डौमा खुल्यो विजडम कन्सल्टेन्सी


  • राजन घिमिरे

पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आकर्षककौ मूलुक बनेको छ । उच्चशिक्षा आर्जनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूका लागि लामो समयदेखि शैक्षिक परामर्शदाताको रूपमा काम गर्दै आएको कन्सल्टटेन्सीहरूको लहरमा फरक अनि विद्यार्थीहरूको विश्वास जित्दै आएको कन्टल्टेन्सी हो विजडम कन्सल्टेन्सी ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो कन्सल्टेन्सी सिड्नीमा विजडम ऐजुकेसन कन्सल्टेन्सीको नामले सञ्चालनमा छ भने शनिबारदेखि यसले काठमाण्डौको बागबजारस्थित आराधना कम्पेल्क्सको श्रेष्ठ टेलरिङ प्राङ्गणभित्र विजडम ऐजुकेसन एण्ड करिअर सर्भिसेसको नामबाट सञ्चाललनमा ल्याएको छ । काठमाण्डौमा सञ्चालनमा आएको विजडमको एक समारोहबीच त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डा. होमबहादुर बडुवाल र फरमर फेडरल लिवरल क्यान्डेट प्रमेज (पिजे) श्रेष्ठले संयुक्त रूपमा उदघाटन गरे ।

उदघाटन समारोहमा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै विजडमका सिइओ सफल कार्कीले आफ्नो संस्थाले विद्यार्थीहरूलाई पढ्न अष्ट्रेलिया पुऱ्याउने काम मात्र नगरेर उनिहरूलाई साथ र हात दिने दाबी गरे । आवश्यक तथा उपयोगी जानकारी उवम् सुझावसहित राम्रो र उत्कृष्ट कलेज एवम् यूनिभर्सिटी उपलब्ध गराउने आफ्नो संस्थाको ध्येय रहेको जानकारी दिँदै कार्कीले काठमाण्डौपछि अन्य शहरहरूमा पनि हामी संस्थाको शाखा विस्तार गरिने जानकारी दिए ।

कार्यक्रममा प्रमेज श्रेष्ठले अष्ट्रेलिया बुझेका सफलले सन्चालनमा ल्याएको विजडम विद्यार्थीका लागि साँच्चै सहयोगी भएको दाबी गरे भने प्राध्यापक होमबहादुर बडुवालले सफल तथा अनुभवी र विश्वासिलो शैक्षिक परामर्शदाताको माध्यमबाट अष्ट्रेलिया जान सुझाव दिए । आफू पनि शुरुमा विद्यार्थीको रूपमा अष्ट्रेलिया गएका कार्कीले विद्यार्थीको दुःख र सफलतालाई नजिकबाट बुझेका छन् भन्दै उनले विजडम नेपाली विद्यार्थीहरूको सही गन्तब्य हुन सक्ने बताए ।

कार्यक्रममा विजडमका नेपाल निर्देशक उज्जल घिमिरेले आफ्नो संस्था नेपाली विद्यार्थीहरूको सुखदुःखको साथी बन्न चाहेको जानकारी दिए भने मदन कोइराला र बद्री बडुवाल लगायतले विजडमलाई शुभकामना दिएका थिए ।