सिड्नीमा खुल्यो अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज

सिड्नीमा खुल्यो अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज


  • राजन घिमिरे

पछिल्लो समय उच्चशिक्षा हासिल गर्न अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूको संख्या बढ्न थालेको छ । यो अवस्थाले एकातिर अष्ट्रेलियामा नेपाली समाज विस्तार हुने देखिएको छ भने अर्कोतिर अष्ट्रेलियामा शिक्षा क्षेत्रमा लागेका नेपालीहरूलाई कलेज तथा युनिभर्सिटी स्थापना गर्न पनि बल प्राप्त भइरहेको छ ।

यसैबीच लामो समयदेखि नेपालमा भोकेसनल शिक्षामा आवद्धता जनाउँदै यो क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी ऐकेडेमी टिमले अष्ट्रेलियाको सिड्नीमा अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल (एपिआइसी) कलेजको शुरूवात गरेको छ । कलेज जुलाई महिनाबाट सन्चालनमा आउने जानकारी दिइएको छ । यस कलेजका सिईओ गणेश केसी हुन् भने उनी लामो समयदेखि स्किल एण्ड भोकेसनल क्षेत्रमा अनुभवी र दक्ष ब्यक्तिको रूपमा स्थापित छन् ।

गैरआवासीय नेपाली संघसंग आवद्ध रहेर अष्ट्रेलियाको नेपाली समाज र विद्यार्थीहरूको दुःख सुखलाई नजिकबाट चिनेका छन् केसीले । उनी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष पनि हुन् । जुलाई महिनाबाट अध्ययन शुरू हुने अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजमा सर्टिफिकेट-४ कमर्शियल कुकिङ, डिप्लोमा एण्ड हस्पिटालिटी म्यानेजमेण्ट, डिप्लोमा लिडरशिप एण्ड म्यानेजमेण्ट र एडभान्स डिप्लोमा लिडरशिप एण्ड म्यानेज्मेण्ट विषयको अध्यापन गराइने भएको छ । समयको माग र यूग सुहाउँदो शिक्षा प्रदान गर्नुलाई नै अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले आफ्नो विशेषता र पहिचान भनेको छ ।