आईपीएलमा ‘पर्पल क्याप’ जित्न सक्ने पाँच बलर

आईपीएलमा ‘पर्पल क्याप’ जित्न सक्ने पाँच बलर


इन्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरू जारी छन् । लिगमा हरेक दिन रोमाञ्चक खेल देख्न पाइन्छ । आईपीएलको अन्तिममा प्रत्येक वर्ष सबैभन्दा धेरै विकेट लिने बलरलाई ‘पर्पल क्याप’ दिने प्रचलन छ । यसपटकसमेत खेलाडी ‘पर्पल क्याप’ का लागि दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् ।

यसपटक ‘पर्पल क्याप’को दाबेदारमा युजवेन्द्र चहल देखिएका छन् । तर उनलाई टक्कर दिनेमा अन्य खेलाडीसमेत छन् ।

जान्नुस् यस सिजन ‘पर्पल क्याप’का दाबेदार देखिएका पाँच खेलाडी :

युजवेन्द्र चहल

यस वर्ष-२०२२ मा ‘पर्पल क्याप’ को दाबेदारमा सबैभन्दा अघि आउँछन् युजवेन्द्र चहल । राजस्थान रोयलका युजवेन्द्र चहलले ६ खेलमा १७ विकेट लिइसकेका छन् । भारतीय राष्ट्रिय टोलीका सदस्यको औसत सात दशमलव तीन रहेको छ ।

कुलदीप यादव

भारतीय खेलाडी चहललाई यस सिजन दाबेदारीमा प्रतिस्पर्धा उनैकै टिम साथी कुलदीप यादवले दिएका छन् । दिल्ली क्यापिटल्सका कुलदीप सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् । उनले हालसम्म ६ खेलमा १३ विकेट हात पारेका छन् । कुलदीपको औसत आठ रहेको छ ।

टी नटराजन

आईपीएल सिजन(२०२२ मा सनराइजर्स हैदरावादका स्टार बलर टी नटराजनले उत्कृष्ट प्रदर्शनलाई जारी राखेका छन् । नटराजनले ६ खेलमा १२ विकेट आफ्नो नाममा लेखाएका छन् । भारतीय बलर नटराजनलाई समेत ‘पर्पल क्याप’ का दाबेदारीमा राखिएको छ ।

वानिन्दु हसरंगा

जारी आईपीएलमा सबैको ध्यानकेन्द्रित गर्न सफल भएका छन् वानिन्दु हसरंगाले । श्रीलंकाका बलर रोयल च्यालेन्ज बैंगलोरका लागि खेल्ने गर्छन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका नटराजनले सात खेलमा ११ विकेट लिएका छन् ।

आवेश खान

अघिल्लो सिजन ‘पर्पल क्याप’को दाबेदारीमा दोस्रो स्थानमा थिए आवेश खान । यस सिजनसमेत उनि आफूलाई दाबेदारीको सूचीमा राख्न सफल भएका छन् । जारी लिगमा सात खेल खेलका उनले ११ विकेट लिएका छन् । लखनउ सुपर जायन्टसका लागि खेलिरहेका आवेशको प्रदर्शन दिन प्रतिदिन उच्च रहँदै आएको छ ।