गैरआवासीय नेपाली संघद्वारा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

गैरआवासीय नेपाली संघद्वारा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो


  • राजन घिमिरे

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । बेलायती प्रधानमन्त्री जोन्सनबाट निकट भविष्यमै हुन लागेको दक्षिण एसिया भ्रमणका क्रममा नेपालको पनि भ्रमण गरिदिन आचार्यले निम्तो दिएका हुन् ।

नेपाल र बेलायतबीचको सम्बन्ध गाढा र बलियो भएको स्मरण गराउँदै संघका अध्यक्ष आचार्यले उक्त सम्बन्धलाई झनै उचाइमा पुर्‍याउनका लागि भारत भ्रमणका क्रममा नेपालको पनि भम्रण गरिदिन बेलायतका प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

ुनेपाल र बेलायतको २०० वर्ष भन्दा पुरानो सम्बन्धमा बेलायती राजपरिवारबाट नेपालको धेरै पटक भ्रमण भइसकेको छ । तर, प्रधानमन्त्रीको भम्रण अहिलेसम्म नभएको अवस्थामा हाम्रो यो आग्रह र निम्तो बेलायती प्रधानमन्त्रीले स्विकार्नु हुने विश्वास हामीले लिएका छौँु, एनआरएनए अध्यक्ष आचार्यले भने ।

एनआरएनए प्रतिनिधि मण्डल र मुख्यमन्त्रीबीच भेटघाट

यसैबीच एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधिमण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग भेटघाट गरेको छ ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले विदेशमा रहेपनि प्रबासी नेपालीहरूमा मातृभूमिप्रति अगाध माया रहेको आफूले अनुभूति गरेको बताए । उनले विदेशमा सिकेका सिप, ज्ञान र आर्जन गरेको सम्पत्तिलाई स्वदेशमा लगानी गर्समेत उनले आग्रह गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रविना थापाको नेतृत्वमा भएको भेटघाट कार्यक्रममा महिला सचिव राधिका गुरुङ (टिका), सहकोषाध्यक्ष अमृता थापा कन्चन, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक सल्लाहाकार प्रकाश पुनलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा संघले गर्न सक्ने कामका क्षेत्र र विदेशमा रहेका नेपालीले नेपाल समृद्ध भएको देख्न चाहेको विषयमा छलफल भएको जानकारी संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।