डेनमार्कमा राप्रपा प्रबासी संगठनको कार्य समिति गठन

डेनमार्कमा राप्रपा प्रबासी संगठनको कार्य समिति गठन


राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमल थापाको पलायनपश्चात लिङ्देन नेतृत्वको राप्रपामा पार्टी प्रवेश र नयाँ कार्यसमिति बन्ने प्रकृया जारी रहेको देखिएको छ । स्थानीय निर्वाचनको मिति नजिकिँदै गएसँगै राप्रपाले आफ्नो संगठनलाई विदेशसम्म बिस्तार गरिरहेको छ । यसै क्रममा उत्तरी युरोपेली राष्ट्र डेनमार्कमा पनि यसले आफ्नो संगठन बिस्तार गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रिय सदस्य तथा राप्रपा प्रबासका संगठन प्रमुख बेल्जियमनिवासी सुरेन्द्रमान अमात्यका अनुसार गत हप्ता एक भर्चुअल भेलाले डेनमार्कमा नयाँ कार्यसमिति गठन गरेको हो ।

उक्त भेलाले मुलुकमा संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको राष्ट्रिय मुद्धामा प्रबासमा रहेर सहयोग गर्ने निर्णय गरेको जनाइएको छ । सो भेलाले नेता सुरेन्द्रमान अमात्यको उपस्थितिमा देवेन्द्र कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ भने केही सल्लाहकारहरु समेत चुनेको छ ।

भेलाले देवेन्द्र कुँवरको अध्यक्षतामा निर्विरोध कार्यसमिति गठन गरेको जनाइएको छ भने नेपालमा परिवर्तनकारी भनिने शक्तिहरुले देशको पक्षमा नभएर आफ्ना नातागोताको पक्षमा मात्र राजनीति गरिरहेकोले अब नेपालमा विद्यमान गणतन्त्रले मुलुकको उन्नति नगर्ने तर्क गर्दै प्रबासबाट मुलुकको हितमा सकारात्मक कार्यक्रमहरु गरेर वर्तमान व्यवस्थाको अन्त्य गर्नका लागि विविध काम गरिनेसमेत बताइएको छ ।

यस्तो छ डेनमार्कका लागि निर्विरोध निर्वाचित कार्यसमिति :

देवेन्द्र कुँवर, अध्यक्ष

अजित देवकोटा, उपाध्यक्ष

गौतम गिरी, महामन्त्री

निशा पाठक, कोषाध्यक्ष

ठाकुरप्रसाद गौतम, सदस्य

कविता भण्डारी, सदस्य

दिवाकर भण्डारी, सदस्य

यसोदा पौडेल, सदस्य

दिपेशजंग केसी, सदस्य

सरोज कुँवर, सदस्य

सुरेन्द्र भण्डारी, सदस्य

राजु कार्की, सदस्य

भुवन चापागाईं, सदस्य

सल्लाहकारहरु :

गौरव न्यौपाने

बरदान पोख्रेल