पल प्रकरणमा नाबालिगको बयान फेरिएपछि पूजा शर्माले भनिन्- ‘थ्याङ्क्यु गड’

पल प्रकरणमा नाबालिगको बयान फेरिएपछि पूजा शर्माले भनिन्- ‘थ्याङ्क्यु गड’


पल शाह बलात्कार प्रकाणमा पीडित भनिएको पक्षले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।

पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै पूजा खुसी देखिएकी हुन् ।

पलमाथि बलात्कारको आरोपका साथ उजुरी परेपछि पललाई फसाउन खोजिएको भन्दै पूजाले पलको पक्षमा आवाज उठाउँदै आएकी थिइन् ।

आइतबार पलविरुद्धको बयान पीडित भनिएको पक्षबाट गरिपछि नायिका शर्माले घटनाबारे केही उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड ।’