शुभकामना आदानप्रदान गर्दै स्मारिका विमोचन

शुभकामना आदानप्रदान गर्दै स्मारिका विमोचन


  • जापान प्रतिनिधि

नयाँ वर्षको अवसरमा स्याङ्जा समाज नागोयाले शुभकामना आदानप्रदानका साथ स्मारिका विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

नयाँ वर्षको दिन शुक्रबार नागोयामा आयोजित कार्यकममा वक्ताहरुले स्याङ्जा समाज, नागोयाले प्रकाशन गरेको “प्रवाशी नेपाली” स्मारिका देश अनि प्रवाशमा भएका नेपालीलाई जोड्ने माध्यम बनेको भन्दै स्याड्जा समाजको सामाजिक गतिविधिको प्रशंसा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका उपाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आईसीसी सदस्य दिपक कार्की, एनआरएनए जापानका पूर्वसचिव एवं साहित्यकार विष्णुप्रसाद घिमिरे, नेसाजका अध्यक्ष अजय राना, दर्शन समाज जापानका संस्थापक अध्यक्ष एवं वर्तमान संरक्षक सुरज मल्ल, जनजाति महासंघ नागोयाका संरक्षक गंगा घर्तिमगर, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, व्यवशामी डिलाराम खरेल, स्याङ्जा समाज जापानका अध्यक्ष ध्रुव ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन स्याङ्जा समाज नागोयाका सचिव विरेन गुरुङ्गले गरेका थिए भने महासचिव मनोज ढुङ्गनाले आगन्तुकलाई स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम स्याङ्जा समाज नागोयाका अध्यक्ष एवं सञ्चारकर्मी निशान रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

निकट भविष्यमा नै स्याङ्जा समाज नागोया आयोजक एवं अन्य संघ-संस्थाको सहआयोजनामा नागोयामा संघ संस्थाहरुको नेतृत्व विकास तालिमको आयोजना गरिने सञ्चारकर्मीसमेत रहेका रानाले बताए।