चलचित्र विकास बोर्डले हल अनुगमनमा कडाइ गर्ने

चलचित्र विकास बोर्डले हल अनुगमनमा कडाइ गर्ने


  • राजन घिमिरे

चलचित्र विकास बोर्डले सिनेमा हलहरूको अनुगमनमा कडाइ गर्ने भएको छ ।

बोर्डका सदस्य तथा बक्स अफिस अनुगमनका संयोजक राज कटवालका अनुसार पछिल्लो समय केही सिनेमा हलहरूले नियमविपरीत सिनेमा प्रदर्शन गरेको र बक्स अफिस रिपोर्ट पनि बोर्डमा उपलब्ध नगराएका कारण हलहरूलाई कारबाही गर्न लागिएको हो ।

‘केही हलहरूलाई हामीले सचेत पनि गराएका छौँ । यदि सरकारी नीति र नियमविपरीत कार्य गरेको जानकारी मिलेमा हलहरू सख्त कारबाहीमा पर्नेछन्’ – कटवालले चेतावनी दिए ।

सरकारी नीति-नियममा बसेर सबै हलहरूले आफ्नो काम गर्न सक्ने जानकारी दिँदै बोर्डमा सदस्य तथा अनुगमनका संयोजक कटवालले नीति र नियमविपरीत कार्य गर्ने र नियम नमानेर अटेर गर्नेविरूद्द बोर्ड कडा रूपमा प्रस्तुत हुने बताए ।