ग्राण्डीमा नबिल बैंकको सामाजिक उद्यमशिलता प्रवर्द्धनका लागि खुल्यो आवेदन

ग्राण्डीमा नबिल बैंकको सामाजिक उद्यमशिलता प्रवर्द्धनका लागि खुल्यो आवेदन


ला ग्राण्डी इन्टरनेशनल कलेजमा सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम सञ्चालन हुने भएको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने नविन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको कलेजले जनाएको छ ।

कार्यक्रम अन्तर्गत ३ महिना अवधिको प्रशिक्षण वर्षैभरि सञ्चालन गरिने छ । नबिल बैंकको सहकार्यमा सञ्चालन गरिने सो कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा कलेजसँग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने लक्ष्य रहेको छ ।

शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका कलेजहरु सँग सम्झौता गरेको जनाएको छ । जसमध्ये गण्डकीबाट ला ग्राण्डी छनौट भएको हो ।यो कार्यक्रमले वार्षिक ७ सय विद्यार्थीलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्ने लक्ष्य रहेको छ ।

१८ वर्ष पुगेका र नेपाली वा अंग्रेजी वा दुवै भाषा को ज्ञान भएका हरेक इच्छुक नेपाली नागरीक यो कार्यक्रममा सहभागी हुनसक्ने छन् । कोर्स पुरा गरेको व्यक्तिले उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल विकास गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा कार्यक्रमलेलिएको छ । उनीहरुले शिक्षा, स्वास्थ्य, पानी तथा सरसफाइ, कृषि, खाद्य, जीविकोपार्जन, उर्जा र जलवायु परिवर्तन जस्ता क्षेत्रहरुमा लगानी गरी सामाजिक उद्यमशीलता विकास गर्न सक्ने छन् ।

सहभागिहरुले सामाजिक उद्यम संचालनको तरिका संगै आधारभूत कानूनी तथा कर सम्बन्धीका ज्ञान पनि पाउने छन् । सहभागीहरुले सामाजिक समस्याको पहिचान तथा त्यसको समाधानको तरिका, सामाजिक संजाल मार्फत आफ्नो व्यवसाय प्रबद्र्धन, लेखा सम्बन्धी ज्ञान, आवश्यक योजना तथा बजेट व्यवस्थापन जस्ता व्यवसाय संचालनका आधारभूत कुराहरुको समेत व्यवहारिक ज्ञान र सीप पाउने छन्।

लघु वित्त, संस्था व्यवस्थापन, परियोजना संचालन तथा व्यवस्थापन, प्रस्तुति कला, आफ्ना वस्तु तथा सेवाको बजारिकरण जस्ता विषयलाई समेत तालिममा समावेश गरिएकाले यसबाट सयौं विद्यार्थीले लाभ लिनसक्ने छन् ।

सो कार्यक्रम निजि, सार्वजनिक, शैक्षिक संस्था र समुदायवीचको रचनात्मक सामूहिकतालाई प्रबद्र्धन गर्ने प्रयास गरिएको, दिगो विकास लक्ष्य, नेपालको पन्ध्रौं आवधिक योजना लगायतका दस्तावेजले समेत प्राथमिकतामा राखेको समावेशी विकासलाई साकार पार्न यस्ता कार्यक्रमले सहयोग पुग्रने कार्यक्रमको दावी छ । सहभागी केही विद्यार्थीहरुका लागि विशेष छात्रवृतिको व्यवस्था समेत भएको ले आर्थिक अवस्था कमोजर भएका इच्छुक लाई यस कार्यक्रम उद्यमी बन्न सहयात्री हुने जनाएको छ ।

यस कार्यक्रम संचालन हुने उक्त कलेजमा हाल ६०० जना विद्यार्थीहरु आफ्नो भविष्य कोदै अध्ययन गरिएका छन् । पोखराको सिमलचौरमा अवस्थित रहेर कलेजले विगत १९ वर्ष देखि बिबिए, बिसिए र बिपिएचका कक्षाहरु सञ्चालन गर्दै आइरहेको छ । हाल उक्त कलेज ISO90012015 बाट प्रमाणित समेत भइसकेको छ ।

इच्छुक व्यक्तिले नबिल बैंकको नजिकका शाखाहरु, लाग्राण्डी इन्टरनेशनल कलेज अथवा नबिल बैंकको website: www.nabilbank.com मा गई आवेदन दिन सक्ने बैंकले जनाएको छ ।