पेट्रोलको मूल्य प्रतिलिटर रु १६० पुग्यो, एलपी ग्यासको प्रतिसिलिण्डर १,६०० रुपैयाँ

पेट्रोलको मूल्य प्रतिलिटर रु १६० पुग्यो, एलपी ग्यासको प्रतिसिलिण्डर १,६०० रुपैयाँ


नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजेदेखि लागु हुनेगरी निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य वृद्धि गरेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिएका छन् ।

पछिल्लो मूल्यवृद्धिअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १६० रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ कायम गरिएको छ।

एलपी ग्यासको मूल्य २५ रुपैयाँले बढाएर प्रतिसिलिण्डर १,६०० रुपैयाँ पुऱ्याइएको छ।

यस्तै, हवाइ इन्धन (आन्तरिक)मा ५ रुपैयाँले वृद्धि गरी प्रतिलिटर १५६ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर अमेरिकी डलर १.५४५ कायम गरिएको जनाइएको छ ।