ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल-भारत संयुक्त भिजन : द्विपक्षीय मुद्दामा उपक्षेत्रीय संगठन बिबीआइएन प्रवेश

ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल-भारत संयुक्त भिजन : द्विपक्षीय मुद्दामा उपक्षेत्रीय संगठन बिबीआइएन प्रवेश


photo: rss

नेपाल र भारतबीच शनिबार नयाँदिल्लीमा भएको द्विपक्षीय बैठकमा उपक्षेत्रीय संगठनलाई प्रवेश गराइएको छ ।

नेपाल र भारतले नयाँदिल्लीबाट शनिबार जारी गरेको ‘ऊर्जा क्षेत्र सहयोगसम्बन्धी नेपाल-भारत संयुक्त भिजन’मा उपक्षेत्रीय संगठन बिबीआइएनलाई प्रवेश गराइएको हो ।

बिबीआइएन अर्थात् दक्षिण एसियाका चार देश बंगलादेश, भुटान, भारत र नेपाल सम्मिलित उपक्षेत्रीय संगठन हो । बिबीआइएन दक्षिण एसीयाली क्षेत्रिय सहयोग संगठन (सार्क)बाट पाकिस्तानलाई एक्लो बनाउन भारतको पहलमा स्थापना गरिएको उपक्षेत्रीय संगठन हो ।

उर्जा क्षेत्रको विकास र सहयोग विस्तार गर्न बिबीआइएन फ्रेमवर्कभित्र रहेर सदस्य राष्ट्रहरुबीच साभेदारी गर्न सकिने भिजनमा उल्लेख छ ।

‘सबै सहभागी पक्षहरूबीच पारस्परिक रूपमा सहमत शर्तहरूको अधीनमा बिबीआइएन फ्रेमवर्क अन्तर्गत आफ्ना साझेदार देशहरूलाई समावेश गर्न यस्तो सहयोग विस्तार गरिने,’ भिजनमा उल्लेन गरिएको छ ।

बंगलादेशले नेपालको विद्युत उत्पादनमा लगानी गर्न र नेपालबाट विद्यु्त खरिद गर्न लामो समयदेखि प्रयास गरिरहेको छ ।