एनआरएनएका तीन अध्यक्ष डा. केसी, थापा र आचार्यले गरे पदबहाली

एनआरएनएका तीन अध्यक्ष डा. केसी, थापा र आचार्यले गरे पदबहाली


गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रविना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।

निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए । उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे ।

उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए ।

आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

नवनिर्वाचित तीनै जना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राति पद तथा गोपनियताको शपथ दिलाएका थिए ।