एनआरएनए सत्ययुग हुँदै कलियुगमा प्रवेश गऱ्यो : पूर्वअध्यक्ष भट्ट

एनआरएनए सत्ययुग हुँदै कलियुगमा प्रवेश गऱ्यो : पूर्वअध्यक्ष भट्ट


गैरआवसीय नेपाली महासंघ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् ।

काठमाडौंमा जारी १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएनए सत्ययुगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनले तर्क गरे ।

‘’एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौँ’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्वापर युग मानौँ, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ’- भट्टले भने ।

तथापि, एनआरएन संस्था पवित्र उदेश्यका साथअघि बढेकाले विचलित नभइकन एनआरएनको एकताका लागि पहल गर्न उनले आब्हान गरेका छन् ।