‘हामी नेपाली ग्लोबल’ बेल्जियम शाखाको सपथ ग्रहण कार्यक्रम सम्पन्न

‘हामी नेपाली ग्लोबल’ बेल्जियम शाखाको सपथ ग्रहण कार्यक्रम सम्पन्न


  • डिल्ली अम्माई/बेल्जियम

मानवता र परोपकारलाई प्रमुख उद्देश्य मानेर बनेको सामाजिक संगठन ‘हामी नेपाली ग्लोबल’ बेल्जियम शाखाका कार्यसमिति पदाधिकारीहरुको शपथ ग्रहण भएको छ । ‘हामी नेपाली ग्लोबल’ बेल्जियमकी केन्द्रिय कन्सुलर गीता लामाको सभापतित्वमा यही मार्च २१ मा सम्पन्न शपथ ग्रहण कार्यक्रममा कार्यसमितिका पदाधिकारीहरुलाई अनेसास बेल्जियमका उपाध्यक्ष, पत्रकार तथा निर्वाचन समितिका उपसंयोजक डिल्ली अम्माईले शपथ ग्रहण गराएका थिए ।

अध्यक्ष अनुजा प्रधान, वरिष्ठ उपाध्यक्ष मीन क्षेत्री, उपाध्यक्ष रामबहादुर पुन तथा नवीन नेपाल, महासचिव बिष्णु पौडेल, कोषाध्यक्ष श्रीप्रसाद दवाडी, सदस्य अनुजा चपागाईं, निर्मला परियार, महिला संयोजक शारदा अर्याल, प्रेससंयोजक साइमोन आले र स्पोर्टस् संयोजक सन्तोष पौडेल लगायतक कार्यसमितिका अधिकांश पदाधिकारीहरुले सपथ लिएका थिए । त्यहाँ युरोपका खेलकुद संयोजक किसन केसीको समेत विशेष उपस्थिति रहेको थियो ।

स्मरण रहोस्, नोभेम्बर ४ मा बेनेलक्सका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डरीको प्रमुख आतिथ्यतामा भएको बेल्जियम शाखाको दोश्रो अधिवेशनमा गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तिर्थराज धमला, गैरआवासीय नेपाली संघ बेल्जियमका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, हामी नेपाली ग्लोबल जर्मनीको लागि काउन्सिलर किरण सिग्देल, हामी नेपाली ग्लोबल जर्मनीका अध्यक्ष रणबहादुर साउत लगायको आतिथ्यता रहेको थियो । अधिवेशनले पत्रकार महासंघका अध्यक्ष ओम शर्माको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको थियो।