एनएलआईसी कलंकी शाखाको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम

एनएलआईसी कलंकी शाखाको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम


  • घटना र विचार प्रतिनिधि

नेपालको पहिलो एवम् अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (कलंकी शाखा)ले शाखामा उत्कृष्ट कार्य एवम् व्यवसाय गर्नेहरूलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्मान तथा अभिकर्ता पुनर्ताजगी कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीका कलंकी शाखाप्रमुख रामचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिँदै कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले जीवनबीमा ‘टिम व्यवसाय’ भएकोले यसलाई सफल बनाउन टिमको अत्यन्त महत्वपूर्ण भूमिका हुने बताउदै टिमलाई प्रभावकारी र गतिशील तुल्याउन निरन्तर प्रयास गर्नुपर्ने बताउनुभयो ।

कतिपय अवस्थामा अभिकर्ताहरूको केन्द्रीय कार्यालयसँग समन्वयको अभाव देखिएले अब उप्रान्त केन्द्रसँग समन्वय गर्न पनि उहाँले सुझाव दिनुभयो ।

कम्पनीका कलंकी शाखाप्रमुख एवम् कार्यक्रमका सभापति रामचन्द्र घिमिरेले अहिलेको सन्दर्भमा बीमा व्यवसाय नेपालको लागि प्रतिष्ठित व्यवसाय भएकोले यस व्यवसायमा सक्रियतापूर्वक लाग्नेहरूले कम्पनीको तर्फबाट मनग्य आम्दानी र अन्य सेवा-सुविधा प्राप्त गर्न सक्ने धारणा राख्दै आगामी दिनमा शाखामा आबद्ध सबै अभिकर्ताहरूको लक्ष्यप्राप्तिका लागि क्रियाशील रहन आग्रह गर्नुभयो ।

त्यस्तै, शाखामा सर्वोत्कृष्ट बीमा व्यवसाय गरी सफलता सम्मान प्राप्त गर्ने अभिकर्ता सुमी लोहनीले बीमा व्यवसायमा आफ्नो अनुभव सुनाउने क्रममा शुरुमा आफू कुनै एक साथीमार्फत कम्पनीमा आबद्ध भएको र त्यसबेला आफूमा बोल्ने तथा कुरा गर्ने आँटका साथै काम गर्ने जोश-जाँगर पनि खासै नभएको खुलासा गर्दै काम गर्दै जाँदा आत्मविश्वास र कामप्रतिको लगाव बढेको बताउनुभयो । मिहिनेतका साथ यस व्यवसायमा लागेमा महिलाहरूको खास सपना साकार हुनेमा आफू विश्वस्त रहेको वहाँको जिकिर थियो । अभिकर्ताहरूले उच्च मनोबलका साथ काम गरे सफलता प्राप्त गर्न कसैले नरोक्ने लोहनीले बताउनुभयो ।

त्यस्तै, अर्का अभिकर्ता सुमन श्रेष्ठले आफूले एक दशकदेखि यो व्यवसाय अँगालेको र यस व्यवसायले आफ्ना प्रायजसो आवश्यकता पूरा गरेको जानकारी दिँदै लगनशील र अनुशासित भएर काम गर्न सम्बन्धित सबैलाई सुझाव दिनुभयो ।

उक्त कार्यक्रममा भाद्र महिनामा उत्कृष्ट व्यवसाय गरेवापत पहिलो, दोस्रो र तेश्रो हुने क्रमशः दीपक अर्याल, पूर्ण रावत र गोकर्ण घिमिरेलाई सम्मान गरिएको थियो भने असोज महिनामा उत्कृष्ट व्यवसाय गर्दै पहिलो, दोस्रा र तेश्रो हुने सुमी लोहनी, गीता लामा र करिष्मा घतारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, कार्तिक महिनामा सर्वोत्कृष्ट व्यवसाय गर्नेहरू क्रमशः सुमी लोहनी, सुमन श्रेष्ठ र दीपक अर्याललाई सम्मान गरिएको थियो भने मंसीर महिनामा उत्कृष्ट काम गर्ने पूर्ण रावत, गीता लामा र सुमन श्रेष्ठलाई सम्मान गरिएको थियो ।

पौषमा उत्कृष्ट व्यवसाय गरेर पहिलो, दोश्रो र तेश्रो हुनेहरू क्रमशः सुमी लोहनी, विपना श्रेष्ठ र पूर्ण रावत, अनि माघमा उत्कृष्ट व्यापार गर्नेमध्येका विजेताहरू प्रथम, द्वित्तिय र तृतीय क्रमशः प्रकाश श्रेष्ठ, एकराज शर्मा र विनोल कोइरालालाई सम्मान गरिएको थियो ।

त्यसैगरी, फाल्गुणमा उत्कृष्ट व्यवसाय गर्ने विजेता प्रकाश श्रेष्ठ, बद्रीकृष्ण श्रेष्ठ र रुपक पराजुलीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा चियरपर्सन क्लबको विजेतामा सरिता महर्जन, सुमन श्रेष्ठ, सुमी लोहनी, दीपक अर्याल र सम्झना श्रेष्ठ र चाँदीको सिक्का बिजेताहरू विनोद कोइराला, सम्झना श्रेष्ठ, करिष्मा घतारी, गीता लोहनी, भोजराव रानाभाट, पार्वती कार्की, सुमी लोहनी, सुमन श्रेष्ठ र भगवती अर्याललाई पनि सम्मान गरिएको थियो । संजाल व्यवसायमा सफलता प्राप्त गर्नुहुने सम्झना श्रेष्ठ, सुमी लोहनी र सुमन श्रेष्ठलाई पनि अलग्गै सम्मान गरिएको थियो ।

व्यक्तिगत कोर्ड व्यवसायमा प्रथम, द्वित्तिय र तृतीय हुनेमा क्रमशः सुमी लोहनी, विपना श्रेष्ठ र गीता लामा रहे भने लामो समयसम्म कम्पनीमा काम गर्ने ललितपुर शाखाकी क्रान्ति समाल र सुमन श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो ।

दश जना अभिकर्ता बनाएवापत एकराज शर्मा, सुमन श्रेष्ठ, विनोद कोइराला र दीपक अर्याललाई सम्मान गरिएको थियो । उक्त कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रमको बीचबीचमा गीता लामा, सुमी लोहनी, दीपक अर्याल, सागर गुरुड्ले एकल तथा दोहरी गीत प्रस्तुत गर्नुका साथै सहभागीहरूले गीतको तालमा नृत्य प्रस्तुत गरेर पुरस्कार तथा सम्मान कार्यक्रममा रौनक भरेका थिए ।