आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०७८ बुधबार, १६ मार्च २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ चैत २०७८ बुधबार, १६ मार्च २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ वसन्त ऋतु वि.सं. २०७८ चैत्र २ गते बुधबार तद्अनुसार सन् २०२२ मार्च १६ तारिख फाल्गुन शुक्लपक्ष त्रयोदशी तिथि मघा नक्षत्र धृति योग गर करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः१५ मा र सूर्यास्त साँझ १८ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । काममा सफलता मिल्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। सन्तान आदिको सहयोग प्राप्त हुनेछ । व्यापारमा सफलता हासिल हुनेछ । रोकिएको काम बन्नुका साथै विविध कार्यक्रममा सहभागी हुनुहुनेछ । आँट साहस उत्साह थपिनेछ । बौद्धिक र सृजनात्मक काम होला । रोकिएको काममा सफलता हासिल हुनेछ । आरोग्यता बढ्नेछ ।

वृष – आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । यश वर्चश्व वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । भागदौड व्यस्तता बढ्ने र कार्यगति सफल रहला । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ । उन्नति हुनेछ ।

मिथुन – रोकिएको काममा सफलता प्राप्त हुनेछ । तर आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् , होसियार रहनु होला ।सुख प्राप्त हुनेछ । इष्टमित्र, सन्ताबाट सुख प्राप्त हुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । रचनात्मक र बौद्धिक क्षमता बढ्नेछ ।

कर्कट – व्यवसायमा केही उतारचढाव आउला । आर्थिक समस्या पर्न सक्छ, तर ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । मान महत्वमा कमी आउने छैन । समस्याको समाधान मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बल र विवेकले काम गर्नु हितकर रहला ।

सिंह – परिवारिक सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने समय छ । राजकाजमा सफलता हासिल हुनेछ । सन्तान सुख बढ्नेछ । खर्चमा कमी आउनेछ । हासविलासमा रुचि बढ्नेछ । नयाँ सम्भावना देखापर्ने छ ।

कन्या – सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यबर्द्धक काममा प्रवृत्त रहनु हितकर हुनेछ । रसरागमा रुचि बढ्ला । यात्रा हुनेछ । मान पुरस्कार मिल्नेछ । भागदौड बढ्ला । ख्याति फैलिनेछ । व्यस्तता बढ्नेछ ।

तुला – आशा उत्साह बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । यात्राको योग छ । शैक्षिक, बौद्धिक, कलात्मक, गीतसंगीत आदि कार्यमा आकर्षण बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ ।

वृश्चिक – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ । पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । आफन्तको साथ मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । गीतसंगीतमा आकर्षण बढ्नेछ । आरोग्यता बढ्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । दूरदेशबाट शुभ समाचार सुन्नुहुनेछ ।

धनु – मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्ला । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । आर्थिक उनन्ति हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख सम्पति बढ्नेछ ।

मकर – यात्रमा सफलता मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । सुख समृद्धि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ । सन्तानसुख बढ्ला । नयाँ शिप तथा ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । शुभ काम बन्नेछ ।

कुम्भ – समस्याको समाधान मिल्नेछ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । यात्रा होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख शान्ति समृद्धि बढ्नेछ ।

मीन – स्वास्थ्यप्रति सजग रहनुपर्नेछ । खर्च बढ्नेछ । यात्रापरक काममा सफलता मिल्नेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमता बनिरहला । मिठो भोजन मिल्नेछ । रोकिएको काम बन्ला । रसरागमा आकर्षण बढ्नेछ । सुखको बस्तुमा खर्च बढ्ला । जीवनसाथीको साथ प्राप्त होला ।