किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ


होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमि (भक्तपुर)ले होटल सञ्चालकलाई पक्राउ गरेको छ ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ घर भइ हाल मध्यपुरथिमि नगरपालिका–६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दैआएका २८ वर्षीय प्रदीप मल्ल ठकुरीलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए ।

ठकुरीलाई मंगलबार नै अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।