मंगलबार ८३ मा कोरोना सङ्क्रमण पुष्टि

मंगलबार ८३ मा कोरोना सङ्क्रमण पुष्टि


नेपालमा मंगलबार थप ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा सात हजार ८८४ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ४४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार ९५० रहेको छ । पछिल्लो समय थप १३० जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार ३४८ पुगेको छ । निको हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यसैगरी पछिल्लो समय एक लाख ३५ हजार ३८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७४६ रहेको छ । अहिले होम आइसोलेशनमा चार हजार हजार ६७१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ७५ आइसीयूमा ३० र भेन्टिलेटरमा ६ जनाले उपचार गराइरहेका छन् ।