सिड्नीको ग्रयानभिल पार्कमा सिड्नी होली फेस्टिबल हुने

सिड्नीको ग्रयानभिल पार्कमा सिड्नी होली फेस्टिबल हुने


  • राजन घिमिरे

कमेरो इभेन्टस् र रकडेल ब्वायजले सिड्नीमा सिड्नी होली फेस्टिबल कार्यक्रम आयोजना गर्ने भएको छ।

मार्च १९ तारेखका दिन सिड्नीको ग्रयानभिल पार्क मेरिल्याण्डसमा मेला हुन लागेको हो ।

सिड्नी होली फेस्टिबलमा नेपाली गीत-संगीत क्षेत्रका हस्तीहरू कालीप्रसाद बांसकोटा, प्रकाश सपुत, ओशिन सिटौला, सुशान्त ठुले र डिजे नटकेस लगायतका कालाकर्मीहरूले विभिन्न प्रस्तुति दिने छन् ।

करिब दुई वर्षपछि सिडनीमा हुन लागेको यो कार्यक्रमबाट सिड्नीबासी नेपालीहरूले भरपूर मनोरन्जन प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । अष्ट्रेलिया प्रबासमा रहेका नेपालीहरूलाई एउटै थलोमा जमघट गराएर आपसी माया र सदभाव साट्नु नै कार्यक्रमको उद्देश्य रहेको आयोजकले जानकारी दिएका छन् ।

हिमास ऐजुकेसन टाइटल स्पन्सर्ड र कंगारू ऐजुकेसन भिसा पार्टनर रहेको सिड्नी होली फेस्टिबल आयोजकले मार्च १९ तारेखका दिन कार्यक्रममा सहभागी भइदिन सिड्नीमा रहनुहुने नेपालीहरूसँग आग्रह गरेको छ ।