एनआरएनए महिला सचिवमा राधिका गुरुङको उम्मेदवारी

एनआरएनए महिला सचिवमा राधिका गुरुङको उम्मेदवारी


  • राजन घिमिरे

राधिका गुरूङ (टिका) ले गैरआवासीय नेपाली संघको आगामी नेतृत्वका लागि महिलातर्फको सचिव पदका लागि उम्मेदवारी दिएकी छन् । एनआरएनएको नयाँ नेतृत्वका लागि यही २१ र २२ मार्चमा निर्वाचन हुँदैछ । नेपाली महिला नेतृत्वको हरेक तहमा पुग्नुपर्ने मान्यता राख्दै आएकी टिका हङकङमा समाजसेवीको रूपमा स्थापित छिन् ।

समाजसेवामा समर्पित भएर सामाजिक अभियन्ताको रूपमा हङकङमा बसोबास गर्ने नेपालीहरू माझ चिनिएकी राधिकालाई हङकङ सरकारले प्रदान गर्ने ‘चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटी सर्भिस’ अवार्डबाट समेत सम्मानित गरेको छ ।

राधिका सन् १९९४ मा हङकङ प्रवेश गरेकी हुन् । प्रबासी जीवनको संघर्ष र सफलतालाई नजिकबाट चिनेकी गुरूङले हङकङमा रेष्टुरेन्ट व्यवसाय, गोर्खाज कन्स्ट्रक्सन, जीथ्रीएस सेक्युरिटी कम्पनी, केएमी फाइनान्स एण्ड रेमिट्यान्स कम्पनी सञ्चालन गर्दै आएकी छन् । उनको यो उम्मेदवारीलाई प्रबासी नेपालीहरूले आशा, भरोसा र उत्साहको रूपमा हेरेका छन् ।

गैरआवासीय नेपाली संघमा लामो समयदेखि आवद्ध रहँदै कर्मशील प्रबासी महिलाको रूपमा अगाडि बढेकी उनले हङकङमा रहेका नेपालीहरूको रोजगारीको लागि गरेको योगदान र सक्रियता तारिफयोग्य छ ।

हङकङमा रहेका नेपालीहरूलाई आफूले भ्याएसम्म साथ र सहयोग गर्दै आएकी उनको जिम्मेवारी गैरआवासीय नेपाली संघको केन्द्रिय नेतृत्व तहमा हुन सके संघले नयाँ उचाइ हात पार्ने चर्चा सम्बद्ध क्षेत्रमा भएको सुनिन्छ । राधिकाको नेतृत्वमा गैरआवासीय नेपाली संघले लगभग चौध वर्षपश्चात एसिया प्यासिफिकको सम्मेलन हङकङमा गराउन सफल भएको सन्दर्भ एनआरएनहरुले बिर्सिएका छैनन् । उत्साही, इमानदार र मिहेनती महिलालाई संघले स्वागत गर्नु पर्दछ भन्दै राधिकाको उम्मेदवारीको स्वागत गरिएको छ ।