२०७९ सालमा ९५ दिन सार्वजनिक बिदा, तर पृथ्वीजयन्तीका लागि सरकारले दिएन बिदा !

२०७९ सालमा ९५ दिन सार्वजनिक बिदा, तर पृथ्वीजयन्तीका लागि सरकारले दिएन बिदा !


सरकारले आगामी वर्ष २०७९ मा शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिबारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो ।

यसरी सार्वजनिक बिदाको दिनबाहेक वर्षभरिमा ५२ दिन भने शनिबार बिदा हुनेछ । सरकारले तोकेको ४३ दिनको थप बिदासहित वर्षभरि कूल ९५ दिन सार्वजनिक बिदा हुन्छ ।

यसरी अनेक शीर्षकमा सार्वजनिक बिदा तोकिँदा पनि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भने सरकारले सार्वजनिक बिदा नदिने भएको छ । २७ पुसमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।

ज्ञातव्य छ, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा प्रदान गर्न वर्षौंदेखि जनस्तरबाटै माग हुँदै आएको छ । तर कुन बाध्यताले हो, नेपाली जनताको यो मागलाई सरकारले उपेक्षा गर्दै आएको छ ।