एनआरएनए युरोप उप-संयोजकमा अष्ट्रयानिवासी सागर सुवेदीको उम्मेद्वारी

एनआरएनए युरोप उप-संयोजकमा अष्ट्रयानिवासी सागर सुवेदीको उम्मेद्वारी


गैरआवासीय नेपाली संघ आइसीसीको (२१-२३) २०२२-२०२४ कार्यसमितिका लागि निर्वाचन समितिले उम्मेद्वारी दर्ताको आह्वान गरेसँगै उम्मेद्वारी दर्ता गर्ने क्रम जारी रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

हिजो बुधबारसम्म निर्वाचनका निमित्त करिब तीन दर्जन उम्मेद्वारहरुले विश्वभरबाट आ-आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए, जसमा अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका डा. बद्री केसी र वर्तमान कार्यकालका उपाध्यक्ष रहेकी रविना थापाले समेत उम्मेद्वारी दिएको निर्वाचन आयोगसम्बद्ध श्रोतले जानकारी दिएको छ।

करिब ६ महिनापहिला नै निर्वाचन प्रक्रियामा जानुपर्ने गैरआवासीय संघ विविध विवादका कारण आफ्नो समयभित्र निर्वाचन गराउन नसक्दा २०१९-२०२१ कार्यसमितिको विधानतः ६ महिने म्याद थप्दै सबै पक्षलाई समेटेर निर्वाचनमा जाने माहोल तयार गर्नका लागि प्रयासरत थियो ।

यसै क्रममा युरोप क्षेत्रको उप-संयोजकका लागि अष्ट्रियानिवासी सागर सुवेदीले पनि उम्मेद्वारी दिनुभएको छ । एक दशक भन्दा बढी समयदेखि डायस्पोरामा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएका सुवेदी पेशाले ntensive Care Unit Nurse का रुपमा कार्यरत हुनुहुन्छ । समाजमा घटेका विषयबस्तुलाई प्रस्टसँग लेख्ने खुबी भएका सुवेदी पछिल्लो समय गैरआवासीय संघको विवादमा मध्य धारमा रहेर संघलाई बचाउनुपर्छ भन्ने अभियन्ताका रुपमा आफ्नो परिचय डायस्पोरामा स्थापित गर्ने प्रयासमा हुनुहुन्थ्यो ।

एनआरएनए स्वास्थ समिति तथा युरोप क्षत्रिय स्वास्थ्य समितिका सदस्यसमेत रहनुभएका सुवेदी आफ्नो गैरआवासीय नेपाली संघको यात्रा १५ वर्ष भन्दा बढी भइसकेको बताउनुहुन्छ । निर्वाचित भएर कार्यक्षेत्रमा काम गर्दा सबैभन्दा पहिला आफूले विधान परिमार्जनका लागि काम गर्ने, साथै सम्पूर्ण पंजीकृत सदस्यहरु आफ्नो अनुशासनमा बस्दा सिंगो संघ नै अनुशासित हुने जिकिर गर्ने सुवेदी निर्वाचन प्रयोजनका निमित्त युरोपका विभिन्न देशहरु घुमेर त्यहाँका गैरआवासीय नेपालीहरुसंग प्रत्येक्ष सम्वाद गर्दै आगामी संघ कस्तो हुँदा सबैको संघ बनाउन सकिन्छ भन्ने विषयमा प्रस्ट खाका तयार गर्दै गरिरहेको बताउनुहुन्छ ।

संघलाई यो विवादको स्थितिमा ल्याउन नेपालका राजनीतिक दलको भक्ति गर्ने कार्यकर्ताको भूमिका रहेको तर्क गर्ने सुवेदी पार्टीगत राजनीति गैरआवासीय संघबाट अलग्याउन सकिएको खण्डमा संघले गति लिन सक्छ भन्नेहरुमध्येमा पर्दछन् ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिमा रुचि राख्ने सुवेदी पर्वत कुश्मा नगरपालिका ११ सिल्मीमा जन्म भइ २० वर्षको उमेरदेखि अष्ट्रियाको राजधानी शहर भियनामा बसोबास गर्दै आउनुभएको छ ।

एनआरएनका विविध विषयहरुमा युरोप उप-संयोजकका उम्मेद्वार सुवेदीले लेखेका केही समसामयिक विषयका लेखहरु तल क्लिक गरेर पढ्न सकिन्छ ।