बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न

बायोपिक फिल्मको तयारीमा थिए शेन वार्न


अष्ट्रेलियाका महान् स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएपछि विश्वका क्रिकेटप्रेमी दर्शक तथा खेलाडी झैँ बलिउड पनि स्तब्ध बनेको छ । बलिउड उनको निधनमा यसकारण पनि स्तब्ध छ कि त्यहाँ उनको बायोपिक बनाउने तयारी भइरहेको थियो ।

सन् २०१५ मा शेनलाई बलिउडमा अभिनयको प्रस्ताव गरिएको थियो, जुन विषयलाई उनले पनि पुष्टि गरेका थिए । एक टुरिज्म भिक्टोरिया कार्यक्रममा सहभागिता जनाइरहँदा उनले आफूलाई बलिउडबाट अभिनयको प्रस्ताव आएको र उक्त प्रस्ताव आफ्ना लागि सबैथोक भएको बताएका थिए ।

एक भारतीय प्रोडक्सन कम्पनीले शेनको बायोपिक बनाउने तयारी सुरु गरेको थियो । तर, कोभिड-१९ महामारीका कारण त्यो योजना तत्कालका लागि स्थगित गरिएको थियो । आफ्नो बायोपिकमा शेन अभिनेता लियोनार्दो डिकेप्रियो वा ब्राड पिटलाई प्रमुख भूमिकामा अभिनय गरेको हेर्न चाहन्थे ।

‘एक युवाले यसको बारेमा स्क्रिप्ट लेखेका छन् । यो कम्पनी यसलाई सुट गर्न चाहन्छ । त्यहीकारण मूल रुपले भारतका लागि यो एक हलिउड फिल्मको सुटिङ हो र यो कथा मेरो जीवनीमा आधारित छ । मैले सन् २००८ मा रोयल्सलाई कसरी एकसाथ राखें भन्ने कथा फिल्ममा हेर्न पाइनेछ’, उनले भनेका थिए । उनका अनुसार फिल्मको नाम नै ‘हलिउड-आइस्ड’ राखिएको थियो ।