युक्रेनमाथिको हमला योजना अनुसार नै गरिएको राष्ट्रपति पुटिनको प्रष्टोक्ति

युक्रेनमाथिको हमला योजना अनुसार नै गरिएको राष्ट्रपति पुटिनको प्रष्टोक्ति



रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा गरेको आक्रमण योजना अनुरुप नै भएको बताएका छन् । ‘युक्रेनमाथिको विशेष सैन्य कारबाही हामीले योजनाअनुसार नै गरेका हौँ, त्यसको तयारी हामीले गरेका थियौँ’- उनले बिहीबार बताएका छन् ।

रसियाको सुरक्षा परिषदको एक बैठकमा उनले सो धारणा राखेका सिन्ह्वाले जनाएको । ‘हामीले तोकिएको काम गरेका छौँ र त्यो राम्रोसँग अर्थात् सफलतापूर्वक सम्पन्न पनि गरेका छौँ’- राष्ट्रपति पुटिनले भनेका छन् । उनले रुसले युक्रेनमाथि गरेको हमलामा रुसी सेनाले साहसपूर्वक काम गरेको जिकिर पनि गरे ।

रुसी सेनाले ठूलो काम गरेको छ, निकै साहसी काम गरेको छ, हामी त्यसैले सफल भएका छौँ भन्दै उनले रुसको सीमा क्षेत्रमा पश्चिमाहरुबाट खतरा देखिएको तथा रुसलाई पनि आणविक खतरा देखाइएकोले रुसले युक्रेनमा विशेष सैन्य कारबाही गरेको तर्क गरे ।

रुसले गत हप्तादेखि नै युक्रेनमा हमला जारी राखेको छ ।