९ जेष्ठ २०७९, सोमबार

तौल घटाउन उपयोगी बेसार, यस्ता छन् सेवन गर्ने चार उपाय

  प्रकाशित मिति
२८ फाल्गुन २०७८, शनिबार ०६:५०


स्वास्थ्य चर्चा


प्रत्येक नेपाली भान्साको गर्व, बेसारले खानाको स्वाद वा रंग मात्र बढाउँदैन, यसले वजन घटाउन पनि मद्दत गर्दछ । बेसार नेपालका हरेकजसो घरमा प्रयोग गरिन्छ । शरीरलाई स्वस्थ राख्नका लागि तरकारीदेखि दूध आदिमा समेत बेसारको प्रयोग गरिन्छ । यसको पछाडिको कारण बेसारको ‘एन्टी-इन्फ्लेमेटरी’ र ‘एन्टी-अक्सिडेन्ट’ गुण हो । पछिल्लो समय तौल घटाउन बेसारको प्रयोग गर्ने चलन चलिरहेको छ । तर के बेसारको प्रयोगले साँच्चै तौल घटाउन सम्भव छ त ? हो, विज्ञहरूका अनुसार यसले तपाईंको लागि धेरै सुरक्षित र बजेटअनुकूल वजन घटाउने आहारको रूपमा कार्य गर्न सक्छ ।

एक चम्चा बेसारमा करिब ०.९०-०.८० ग्राम प्रोटिन, २७-२९ क्यालोरी, ०.२९-०.३० ग्राम फ्याट, ६ ग्राम कार्बोहाइड्रेट, दुई ग्राम फाइबर अनि आधा ग्राम भन्दा कम चिनी रहेको हुन्छ । साथै भिटामिन ‘सी’को दैनिक आवश्यकताको लगभग ३ प्रतिशत पोटासियमको समान प्रतिशत, फलामको १२ देखि १५ प्रतिशत र म्याग्निजको २४ देखि २६ प्रतिशत । बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर यसको धेरै सेवन गर्नु हानिकारक पनि हुन सक्छ । जानौँ, कसरी बेसारले तौल घटाउन मद्दत गर्छ ।

बेसारले वजन घटाउन कसरी मद्दत गर्छ त ?

बेसारले हाम्रो रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । अधिक तौल भएका व्यक्तिहरूलाई मधुमेह हुने सम्भावना बढी हुन्छ । यसको सेवनले इन्सुलिन निर्माणमा देखापरेको प्रतिरोधात्मक अवस्थालाई रोक्नुका साथै बोसो बढ्ने अवस्थालाई रोक्दछ । त्यसैले यी दुवै अवस्थामा बेसार लाभदायक हुन्छ ।

बेसारमा पोलिफेनोल र कक्र्युमिन हुन्छ जसमा एन्टी-इन्फ्लेमेटरी र एन्टिओबेसिटी गुण हुन्छ । यी गुणहरूले शरीरको सेतो एडिपोज टिस्युमा सुजन कम गर्न मद्दत गर्दछ । कक्र्युमिनले फ्याट सेलहरू विकास हुनबाट रोक्छ । बेसारको नियमित सेवनले पेटमा पित्तको मात्रा बढाउन सक्छ । पित्तले बोसो घटाउँछ । यसरी तौल घटाउन बेसार उपयोगी मानिन्छ ।

वजन कम गर्न बेसार कसरी प्रयोग गर्ने ?

१. बेसार-दूध : एक कप फ्याट-फ्री दूधलाई ६ देखि ७ मिनेटसम्म तताउनुहोस् । अब यो दूध एक गिलासमा हाल्नुहोस् । यसमा एक चम्चा बेसारको धुलो हाल्नुहोस् । यसलाई राम्ररी मिलाएर पिउनुहोस् । बेसारको सेवनले तौल घटाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै जाडोमा अत्याधिक चिसोका कारण देखिने लक्षणलाई कम गर्छ ।

२. बेसार-दालचीनी चिया : ग्यासको प्यानमा एक कप पानी हाल्नुहोस् । यसमा आधा चम्चा दालचिनीको धुलो हाल्नुहोस् । यसलाई आधा नघटाएसम्म उमाल्नुहोस् । यसलाई एउटा कपमा राख्नुहोस् । अब एक चम्चा ताजा बेसारको पेस्ट र आधा चम्चा पुदिनाको पेस्ट हाल्नुहोस् । त्यसपछि यसलाई छानेर पिउनुहोस् । यसले तौल घटाउनुका साथै पाचनसम्बन्धी समस्याबाट पनि छुटकारा दिलाउँछ ।

. बेसार र लसुन पेय : एउटा सानो कपमा ९० मिली पानी लिनुहोस् । अब यसमा एक चम्चा कागतीको रस, एक चम्चा बेसार र आधा चम्चा लसुनको पेस्ट मिसाउनुहोस् । सबै कुरा मिलाएर पिउनुहोस् । तपाईंले यस पेयबाट धेरै स्वास्थ्यलाभ गर्न सक्नुहुन्छ । यसको सेवनबाट शरीरको बोसो घटाउनुहोस्, मोटोपनबाट छुटकारा पाउनुहोस् अनि मधुमेह र उच्च रक्तचाप जस्ता रोगहरूको जोखिम कम गर्नुहोस् ।

४. बेसार र अदुवाको चिया : एउटा भाँडामा डेढ कप पानी हालेर ग्यासमा राख्नुहोस् । अब आधा चिया चम्चा अदुवा र आधा चिया चम्चा बेसारको पेस्ट हाल्नुहोस् । यसलाई उमाल्न दिनुहोस् त्यसपछि ग्यासबाट निकाल्नुहोस् । चिसो गरेपछि केही बेर पिउनुहोस् । तौल घटाउनुका साथै कोलेस्ट्रोलको स्तर पनि कम हुन्छ र अदुवामा एन्टी-फ्लुलेन्ट गुण पनि हुन्छ । बेसारको एन्टी-इन्फ्लेमेटरी गुणले गठिया, प्यान्क्रियाटाइटिस र आन्द्रा रोगमा पनि राहत दिन्छ । तर हेक्का राख्नुहोस्, यसको धेरै सेवन गर्नुचाहिँ हानिकारक हुन्छ ।


144
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ