पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको निगमद्वारा जानकारी

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको निगमद्वारा जानकारी


१५ दिनमा साढे २ अर्ब घाटा हुने आयल निगमको दाबी

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै लगभग अमेरिकी डलर ९० देखि ९६ प्रतिब्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।

आईसीले पठाएको सूचीअनुसार प्रतिलिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाइ इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी ब्यहोरेको जनाएको छ ।