प्रचण्डका कुरा अचम्मका-रविराज आचार्य

प्रचण्डका कुरा अचम्मका-रविराज आचार्य


मुलुकमा घटित राजनीतिक परिदृश्यहरू स्वयम् राजनीतिक दलका नेतृत्वले पनि अनुमान गर्न सक्दैनन् भने यसप्रकारको परिस्थितिमा मुलुकका स्वघोषित विद्वान् विश्लेषकहरू पटक-पटक फेल हुँदा आश्चर्य मान्नुपर्दैन । आमहडतालको जालोमा लटपटाएर माधव नेपालको सरकार ढलाउने ‘प्रचण्ड योजना’ आखिर सात दिनभित्रमै तुहियो । भुइँफुट्टा हुँदै टुप्पाबाट सुरु भएको आमहडताल तासको महलझैं गर्ल्यामगुर्लुम भएर फेदमा बजारिन पुग्यो कालिदास प्रवृत्तिका कारण । सिंहदरबारबाट सुरु भएर वा केन्द्रित भएर गरिनुपर्ने आन्दोलन सिंहदरबारमा आएर लमतन्न पर्यो । हुन त भोलिका दिनमा ‘सुकिलो मान्छे’ भएर सिंहदरबार छिर्ने रिहर्सल पनि हुन सक्छ माओवादीको । जेसुकै कारणले माओवादीद्वारा घोषित यो आमहडताल हाललाई स्थगित गरेको भए पनि जनता एक्लै छन् र भविष्यमा पनि एक्लै हुनेछन् । यो हाम्रो राजनीतिक संस्कार हो अनि दर्शन पनि । मलाई आज यी आमहडतालताकाका केही दृश्यलाई यहाँ पटाक्षेप गर्न मन लागेको छ ।
दृश्य/अवस्था-१
गुच्चा र गुलेलीहरू/सिसी र लट्ठीहरू
एनेकपा -माओवादी) विद्रोह गर्दै जनमतबाट स्थापित भएको वैधानिक शक्ति हो । यो कुरा संसारका मान्छेले नपत्याए पनि सत्य र वास्तविकता यही हो । आमहडतालको पूर्वसन्ध्यामा माथि भनिएका युगीन हतियारहरूले आक्रमण गर्न -एउटा नेपालीले अर्को नेपालीलाई) माओवादीहरूले ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको हो । अनि ०६२/०६३ को आन्दोलनपछि सुकिला बनेका महान् अगुवा विद्वान् सीपी गजुरेलज्यूले बरामद भएको गुच्चा र गुलेलीको विषयमा पत्रकारहरूलाई भन्नुभयो, ‘लाखौं मँन्छे आएका छन् एक धोक्रो गुच्चा भनेको त केही होइन, सामान्य कुरा हो ।’ ठीकै छ एक धोक्रो गुच्चा नै सदर तर त्यसमध्येका दुई सय गुच्चाले मानिसको ठाउँ-कुठाउँ लाग्यो भने कतिले मृत्युवरण गर्लान्, कति अपाङ्ग होलान् क. गजुरेलले हिसाब गर्नुभएको छ – अनि ती गुलेलीबाट हुत्तिएका गुच्चाहरू कुनै कारणले उछिट्टएिर तपाईंको आँखातर्फ सोझिए भने त्यसमा तपाईंको प्रतिक्रिया के हुन्छ होला – त्यर्सथ ती आततायी विचार सार्वजनिक गरिरहँदा ती गुच्चाको निशानामा आफूलाई कल्पना गर्न किन चुक्नुभयो – लाखौँ सिपाहीको नेतृत्व गरिरहेको एउटा सेनापतिका लागि ५/१० जवान भनेको सामान्य हुन्छ । तर, ती क्षति भएका ५/१० जवानको साथी, परिवार, इष्टमित्रका मन मस्तिष्कमा ठूलै भुइँचालो आउँछ । त्यो अवस्था र पीडाको कल्पना गर्न नसक्ने माओवादी एउटा संवेदनहीन रोबोटजस्तै भएको छ । माओवादी कार्यकर्ताद्वारा बोकिएका लट्ठीहरूमा ४-५ इञ्चका किला ठोकिएका छन् । हुन त ती गुच्चा, गुलेली बरामद असाध्य नैतिक सङ्कटका कारणले त्यो प्रयोग गर्ने अवस्था रहेन र गर्नु भएन । नत्र भने गुच्छा हान्ने काम पनि प्रतिगमनकारी शक्तिबाट भएको भन्ने कुराको विज्ञप्ति हामीले सुन्न पाउने थियौँ ।
दृश्य/अवस्था-२
वैशाख १६ गते शुक्रबार/न्युरोड, ठमेल, बागबजार, पुतलीसडक, ललितपुर
उपत्यकावासी कसैलाई पनि माओवादीले शान्तिपूर्वक आमहडताल आयोजना गर्छ भन्ने कुराको विश्वास छैन । मानिसहरू हतारहतार र हतास मानसिकतामा आफ्नो गन्तव्यतिर दौडिरहेका छन् । उपत्यकाबाहिरबाट ल्याइएका नेपाली जनता -माओवादी कार्यकर्ता) उपत्यकाभित्र रही आ-आफ्नो खाई गुजारा गरेर बसेका विभिन्न प्रकार र प्रकृतिका व्यावसायिक व्यक्तिहरूका व्यवसायमा चन्दाआतङ्क आयोगमा पेट्रोल छरि्कएझैं क्षणभरमै फैलियो । लगभग चक्रपथभित्रका सम्पूर्ण व्यावसायिक संस्थाहरू, पसलहरू चिया खाजा बेच्ने फुटपाथका व्यापारी मकै/चना बेच्ने, सबै त्रसित हुँदै आ-आफ्ना व्यवसाय बन्द गर्न पुगे । शुक्रबारभन्दा केही अगाडिदेखि नै माओवादीको आमहडतालले पार्ने असुविधालाई ध्यानमा राख्दै केही भएकाहरूले नुन, तेल, चामल आदिको जगर्ेना गरिसकेका थिए । जोहो गर्न नसक्ने कामले माम टार्नेहरू विलखबन्दमा थिए । अनि तिनीहरूले चामल खान पाउने छन् या छैनन् न त्यो कुराको हेक्का माओवादीले गर्छ न त सरकारले ।
दृश्य/अवस्था-३
आमहडतालको पहिलो दिन आइतबार
माओवादीले आमहडताललाई पर्व बताए पनि त्यही पर्वमा बलिका बोका बन्ने सौभाग्य प्राप्त गरे असङ्ख्य विद्यार्थीले । आमहडताल प्रचण्ड प्रधानमन्त्री बन्ने कुण्ठासँग गासिएको थियो तर ती बिचरा विद्यार्थी आफ्नो परीक्षामा सफल बनेर भोलिको भविष्य साँचेर हिँडेका थिए । प्रचण्ड पदका लागि दाउ हानिरहेका थिए तर लाखौँ विद्यार्थी च्याँखे थापिएका थिए । त्यो दिन मेरो एउटा भतिजोको परीक्षा थियो । बिहान २ बजे मेरो आँगन कुरेर बसेको रहेछ । मोबाइलको घन्टीको कारण मैले उसको सूचना पाउन सकिनँ । बिहान ५ बजे उठ्दा मात्र ऊ र उसको साथी आँगनमा देखेँ । तीन घन्टा लामो मेरो आँगनमा कुराइपछि ती दुवैलाई हालेर सातदोबाटो पुर्याए तर उसको परीक्षाकेन्द्र एभीएम कुमारीपाटी पुग्ने साहस मलाई भएन । मैले ती दुवैलाई सातदोबाटो छाडिदिएर घर फकर्ंर्ेे बाटोमा म घर फर्कंदा अनगिन्ती विद्यार्थी पैदल नै थिए । बिचरा † तिनीहरूको भविष्य यो अन्धकार राजनीतिक दलहरूका कारण कता गएर भाँसिने हो भन्ने कुरा गम्दै गर्दा माओवादी कार्यकर्ताको रुखो व्यवहारमा आफू नफसेकोमा घर आएर आफैंले आफैंलाई धन्यवाद दिएँ ।
दृश्य/अवस्था-४
आमहडताल बुधबार -चौथो दिन)
आमहडताल अराजक र उत्तेजक नभएर पनि बाटोमा हिँड्न असाध्य गाह्रो थियो । सातदोबाटोबाट सिंहदरबारतर्फ आउँदा १७ ठाउँमा मेरो मोटरसाइकल रोकियो । ए रोक † एक ठोक † यस्ता अशिष्ट शब्द त मैले झन्डै सयजति ठाउँमा सुनेँ होला । रोकेर आफूसँग भएको संवाददाताको परिचयपत्र देखाउँदै म अघि बढिरहेँ । माइतीतर मण्डलाबाट सिंहदरबार छिर्न निषेध गरिएको छ । माओवादीको सानो उरन्ठेउला झुण्ड सुरक्षाकर्मीको धर्ैय भङ्ग गर्न निषेधित क्षेत्रमा प्रवेश गर्न पाउनुपर्ने जिकिर गरिरहेका थिए । बानेश्वर चोकमा प्रचण्डको पर्व चलिरहेछ । पर्वमा आइपुगेकी महिला सञ्चारकर्मीको स्कुटरको पछाडिको सिट खाली थिाये । उनी एक्लै थिइन् । त्यसैबेला माओवादी कार्यकर्ता ‘पछाडिको सिट खाली हो -‘ भनेर चिच्याउँदै सिट्ठी र तालीको वषर्ा गर्न थाले । त्यहाँ आयोजित पर्व नजिकैबाट नियाल्न मन लाग्यो । हुलको भित्र छिरेँ । दुई छाक भातले गाँजेको हाम्रो नेपाली समाजमा राजनीतिलाई कसरी हाबी गराइएको छ आमजनतामाझ भन्ने कुराको कल्पना गर्दै पछाडि हटेँ । अनि प्रचण्डले भन्ने गरेको पर्व यही हो भने त दुई छाक भात अनि दैनिक केही सय रुपैयाँ आमनेपालीलाई उनको दलले उपलब्ध गराउन सक्छ भने त ३ सय ६५ दिन नै यस्तै पर्व मनाउँदा पनि हुन्छ नत्र त एकातिर मादलको तालमा नाचिरहँदा अर्कोतर्फ एउटा नेपालीले स्वाभिमानपूर्वक बाँच्न नपाउने स्थिति रहिरहन्छ भने माओवादीको पर्व कोतपर्वभन्दा फरक कुन अर्थमा रह्यो र –
अन्त्यमा
यस्ता दृश्य र अवस्थाहरू त सडकभर छरपस्ट नै छन् । तै पनि प्रतिनिधि दृश्यका रूपमा यहाँ पटाक्षेप गरियो । यी दृश्य र अवस्थाको पराकाण्ठापछि अनायस आमहडताल स्थगित गरेको नेकपा माओवादीले त्यसको भोलिपल्ट सभा आयोजना गर्यो । सभामा प्रचण्डले जे बोले उनले बोलेका शब्द माफीका रूपमा फिर्ता लिने अर्को नाटक पनि तारेहोटलमा मञ्चन गरी सिध्याइसकेका छन् । उपत्यकावासीलाई सुकिला, भिजिलान्ते, गुण्डा आदि इत्यादि शब्दरूपी वाण प्रचण्डले सार्वजनिक सभामा प्रहार गरे तर उनले अझै बुझेनन् मान्छे सुकिलो कपडाले होइन विचारले हुन्छ । उनको दूषित र कलुषित विचारले उपत्यका र त्यसभन्दा बाहेकको भूगोलबीच जुनप्रकारको असमझदारीको रेखा कोरिदिएका छन् त्यो निको नहुने घाउको रूपमा बल्भिmरहनेछ । विभाजनले आफ्नो राजनीतिक भविष्य बलियो बनाउने उनको त्यो विचार माफी लायक पनि छैन र अत्यन्त आततायी छन् । यसमा दोष उनको मात्र पनि छैन नेपाली जनताको पनि दोष छ । हामी नागरिक मात्र भएर किन बाँच्न सकिरहेका छैनौँ – माओवादी, काङ्ग्रेस, एमाले भएर आफ्नो स्वतन्त्रता अरूको इशारामा समर्पित गरेका छौँ । सबै थोक आफ्नो भएर पनि निर्णय गर्ने अधिकार अरूलाई सुम्पेका छौँ अनि कसरी हामी स्वाभिमानी हुन सक्छौँ – आफ्नो स्वाभिमान कायम राख्न नसक्ने यहाँका विद्वान्, बुद्धिजीवी, पेसाकर्मी अनि नागरिक समाज सबैले यदि यसबाट मुक्त हुने कोसिस गर्ने हो भने फुटाएर शासन गर्न चाहने ‘खड्कुलोमा पौडी खेल्न’ रुचाउने स्वघोषित राजनेताहरूलाई पुज्नुपर्ने महान् सङ्कटबाट स्वतन्त्र हुनेछौँ अनि राजनीति गर्नेहरूलाई जोत्न नागरिकहरू समक्ष हुनेछन् नत्रभने हलगोरुभन्दा कुनै अर्थमा भिन्न हुने छैनौँ ।