बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख मात्रा काठमाडौं आइपुग्यो

बेलायतले २१ लाख डोज कोरोना खोप नेपाल पठाउँदै, ८ लाख मात्रा काठमाडौं आइपुग्यो


बेलायतले नेपाललाई पठाउन लागेको २१ लाख डोज कोरोना खोपमध्ये ८ लाख डोज आज (सोमबार) काठमाडौं आइपुगेको छ । नेपालको लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत यो जानकारी दिएकी हुन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड-१९ खोप पठाउँदै छ । आज बिहान एयरपोर्टमा यीमध्ये ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्, ‘खोपले काम गर्छ ।’

बाँकी खोपहरु केही दिनभित्रै काठमाडौं आइपुग्ने जनाइएको छ ।

‘यस महत्वपूर्ण समयमा आफ्ना जनताको सुरक्षा गर्न नेपाललाई सहयोग गर्न पाउँदा बेलायत खुसी छ,’ उनले भनेकी छन् ।