क्यानडामा देशव्यापी बन्दै खोपविरोधी प्रदर्शन

क्यानडामा देशव्यापी बन्दै खोपविरोधी प्रदर्शन



क्यानडामा राजधानी ओटावा सहरबाट सुरु भएको कोभिड खोपविरोधी प्रदर्शन विस्तारै देशका विभिन्न शहरहरुमा फैलिएको छ । विरोध प्रदर्शन क्यानडाको सबैभन्दा ठूलो सहर टोरोन्टो, क्युबेक, विनिपेग, फ्रेडरिक्टनसम्म फैलिएको हो । शनिबारको प्रदर्शनमा राजधानी ओटावामा झन्डै पाँच हजार प्रदर्शनकारीको सहभागीता थियो ।

‘एउटा ठूलो कैदमा बस्नुपर्ने दबाबपूर्ण आदेशका कारण हामी सबै बिरामी र थकित छौँ’, रोर्बट नाम गरेका एक प्रदर्शनकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

खोप भन्ने गरेको विष हाम्रो नशामा नराखी हामी सामान्य अवस्थामा फर्किन चाहन्छौँ’, रोबर्टले भनेका छन् । क्यानडाबाट अमेरिका प्रवेश गर्ने सीमामा सरकारले ल्याएको अनिवार्य खोपको प्रावधानविरुद्ध एक साताअघि ट्रक चालकहरुले ट्रक तेर्साएर विरोध गरेका थिए ।

सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन टु«डोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ । कोभिडसम्बन्धी अधिकांश मापदन्ड प्रान्तीय सरकारले कार्यान्वयनमा ल्याएको हो ।

लगातार आठौँ दिन प्रदर्शनकारीले ओटावाको मुख्य बजार बन्द गरेका छन् । सुसंगठित अवरोधलाई अमेरिकाका सहानुभूतिकर्ताहरुले सहयोग गरेको क्यानडा प्रहरीले जनाएको छ ।