२६ जेष्ठ २०८०, शुक्रबार

बेलायती वैज्ञानिकले बनाए कोरोना परीक्षणगर्ने सस्तो यन्त्र

  प्रकाशित मिति
१५ माघ २०७८, शनिबार ०२:३६


बेलायतका वैज्ञानिकले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् । यो मोबाइल किटले सार्स कोभ-२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ । वैज्ञानिकहरुले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन् ।

सस्तो र सानोसमेत हुनाले यो किट गरिब देशमा र दूरदराजका स्थानमा लैजान समेत सहज हुने विश्वास गरिएको छ । संसारका कतिपय स्थानमा अहिले पनि प्रयोगशाला छैनन्, दक्ष जनशक्तिको अभाव उत्तिकै छ । यो किटको मद्दतले वैकल्पिक परीक्षण हुने उनीहरुको भनाइ छ ।

लन्डनस्थित क्विन मेरी विश्वविद्यालयका प्राध्यापक स्टोयन स्मोकोभले भने, ‘हामी यो मोबाइल ल्याबको कोभिड-१९ परीक्षण क्षमता र यो किटको सस्तो प्रविधिलाई सार्वभौम बनाउने सम्भावनालाई लिएर निकै उत्साहित छौँ ।’

स्टोयनका अनुसार, मानिसहरुले यो किटको मद्दतबाट नियमित रुपमा आफ्नो रगत र पिसाब पनि परीक्षण गर्न सक्ने छन् । तथापि, यो किट विकसित गर्नुको मुख्य उद्देश्य भने कोरोना परीक्षणलाई सर्वव्यापी बनाउनु रहेको उनको भनाइ छ । ‘ल्याब इन द ब्याकप्याक’ले सस्तो र सहज परीक्षणमा मद्दत पुग्ने स्टोयनको विश्वास छ ।


90
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘धेरै पटक शरणार्थीको हैसियतका लागि आवेदन दिएका विदेशी नागरिकलाई देश छोड्न बाध्य तुल्याउन सक्ने’ जापानी संसदको माथिल्लो सदनले आप्रवासन तथा

चीनको विद्युतीय सवारी साधन (एनईभी)को बिक्री गत वर्षको मे महिनाको तुलनामा ६०.२ प्रतिशतले बढेर सात लाख १७ हजार पुगेको ‘चाइना

गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून

यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो