९ जेष्ठ २०७९, सोमबार

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको निधन

  प्रकाशित मिति
३ माघ २०७८, सोमबार ०६:५३


भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति नयाँदिल्लीमा अन्तिम श्वास फेरेका हुन् ।

समाचारअनुसार आइतबार राति बिर्जु नातिसँग खेलिरहेका थिए । सोही समयमा उनलाई हृदयाघात भइ बेहोस भएका थिए । त्यसपछि नयाँदिल्लीकै साकेतको एक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

परिवारले बिर्जुलाई केही दिनअघि मृगौलामा समस्या देखिएपछि डायलाइसिस गरिएको जनाएको छ । उनको निधनमा बलिउडकर्मीले श्रद्धाञ्जली दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत बिरजुको निधनमा शोक व्यक्त गरेका छन् । ‘उनको निधनले सम्पूर्ण कला जगतलाई अपूरणीय क्षति पुगेको छ । शोकको यो घडीमा परिवारजन र प्रशंसकमा समवेदना व्यक्त गर्दछु’, उनले लेखेका छन् ।


54
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले बलात्कार घटनामा हदम्याद बढाउन माग गरेको छ । नेविसङ्घले आज कानून, न्याय